गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाउँदै ओलीले भने, ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ’

गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाउँदै ओलीले भने, ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन्। शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन् । 

ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक प्रतिष्पर्धा भइरहेको बताए। अर्थमन्त्री जनार्दन शर्मा संकेत गर्दै उनले ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’भन्ने उखान चरितार्थ भएको भन्दै व्यङ्ग्य गरे। 
‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ।’ओलीले भने,‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक  र एउटा अर्थविद्, अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छे उनलाई निस्काशन, निलम्बन गरियो।’ 

माओवादी भनेर चिनिएको मान्छेलाई पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन भएको बताएका छन् ।‘माओवादीले नियुक्त गरेको, माओवादी भनेर चिनिएको न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन बनाइयो ।’ उनले भने,‘अहिले हामीलाई थाहा छ न्यायालय कस्तो छ भनेर ? म धेरै भन्न चाहन्न ।’

अर्थ मन्त्रालयले गभर्नरलाई हटाउने प्रक्रियाअन्तर्गत सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सदस्य छन्। 

अध्यक्ष ओलीले देशमा नातावादको बहस चलिरहेको समयमा पुष्पकमल दाहालका भाई नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सभा सदस्यमा नियुक्त गरिएको बताए। शरिरमा गोली बोकेर हिँडिरहेका, आन्दोलनमा घाइते, अपाङ्ग भएका, शहिद परिवार छन् तर उनीहरुलाई छाडेर आफ्नै भाइलाई प्रचण्डले राष्ट्रिय सभा सदस्य बनाएको ओलीको भनाई छ। क्रान्तिकारी हुँ भनेपनि देश बनाउने कुरा उनीहरुसँग नभएको ‌ओलीले बताए। 

संकटग्रस्त अर्थतन्त्र सम्हाल्न खोज्दा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको हो । निर्वाचन आचारसंहिता सुरु हुने समयको मुखमा उनलाई प्रतिशोधपूर्ण ढंगले किनारा लगाइएको अर्थविद् पनि बताउँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.