रणवीरले आलियाका लागि विदेशबाट मगाए विशेष उपहार, विवाहमा सर्प्राइज दिने !
![रणवीरले आलियाका लागि विदेशबाट मगाए विशेष उपहार, विवाहमा सर्प्राइज दिने !](https://annapurnapost.prixacdn.net/media/albums/ranbir-aliya_20220413103207_j9w3SlSoxQ.jpg)
नयाँ दिल्ली : रणबीर कपुर र आलिया भट्टको विवाह हुने खबर बाहिर आएको केही समय भयो। उनीहरुले विवाहको मितिको बारेमा भने कुनै आधिकारिक बयान जारी गरेका छैनन्। तर उनीहरुको विवाहसँग सम्बन्धित नयाँ नयाँ खबरहरू सार्वजनिक भइरहेका छन्।
रणवीर र आलियाको विवाहपूर्वका समारोह अब सुरु हुन लागेको भने बाहिर खबर आएको छ। भट्ट परिवार र कपूर परिवारले विवाहको बारेमा बाहिर कुरा गरेका छैनन्।
रणवीर कपुरले आफ्नी भावी श्रीमती आलिया भट्टका लागि विशेष उपहार दिने योजना बनाएका छन् । एबीपी समाचारका अनुसार रणवीर कपुरले यो उपहार विदेशबाट अर्डर गरेका हुन् । रणवीर कपुरले आफ्नी दुलहीलाई कस्टम मेड वेडिंग ब्यान्ड दिनेछन्। यस ब्यान्डमा जम्मा ८ वटा हीरा छन्। यो ब्यान्ड भ्यान क्लीफ एन्ड एप्पल नामक अन्तर्राष्ट्रिय ब्राण्डबाट बनेको समाचारमा भनिएको छ ।
रणवीर कपुरले आफ्नो नजिकका साथी मार्फत यो ब्यान्डको अर्डर गरेका हुन् । मिडियामा बाहिर आएका रिपोर्टलाई आधिकारिक मान्न् हो भने आलिया भट्ट र रणवीर कपुरको विवाहको संस्कार आज अर्थात १३ अप्रिलबाट सुरु हुँदैछ । कृष्णराज बंगलामा दम्पतीको हल्दी र मेहेन्दी समारोह हुने बताइएको छ ।
जोडीले विशेष गरी आफ्ना साथीहरूको लागि ककटेल पार्टी आयोजना गर्नेछन्। रणवीर कपुर र आलिया भट्टले वास्तु अपार्टमेन्टमा नै विवाह गर्ने बताइको छ। एबीपी हिन्दी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)