धनकुटा : १५ मतदानस्थल अति संवेदनशील

धनकुटा : १५ मतदानस्थल अति संवेदनशील

धनकुटा : आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदैं गर्दा स्थानीय प्रशासनले जिल्लाका १५ मतदान स्थललाई अति संवेदनशील क्षेत्रको रुपमा तोकेको छ। ति क्षेत्रलाई अतिसंवेदनशील क्षेत्र तोकेर सुरक्षा व्यवस्था बलियो बनाउन सुरक्षा रणनीतिक योजना बनाउने तयारी स्थानीय प्रशासनले गरिरहेको छ। 

अहिले जिल्लामा १ सय १८ मतदानस्थल रहेको छ। सुरक्षा दृष्टिले १५ वटा मतदान स्थललाई अति संवेदनशील, ४९ वटा मतदानस्थललाई संवेदनशील र ५४ वटा मतदानस्थल सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए।
स्थानीय प्रशासनले भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, झडप भइरहने स्थान, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गिकरण गरिएको उनको भनाई छ। 

अति संवेदनशील तोकिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइने प्रहरीले जनाएको छ।  स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण निष्पक्ष ढंगले सम्पन्न गर्न म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि करिब २५ सय जना सुरक्षाकर्मी परिचालन गरिने छ। सात स्थानीय तह रहेको धनकुटा जिल्ला भरि हाल १ सय १८ मतदानस्थल छ। भने १ सय ५९ मतदान केन्द्र छन्। 

सात स्थानीय तहमध्ये चौविसे गाउँपालिकामा २१ मतदान स्थल र २४ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थल र  २६ मतदान केन्द्र,  साँगुरीगढी गाउँपालिकामा २१ मतदान स्थल र २५ मतदान केन्द्र, धनकुटा नगरपालिकामा १५ मतदान स्थल र २८ मतदान केन्द्र, पाख्रिवास नगरपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र, सहिदभूमि गाउँपालिकामा १३ मतदान स्थल र १८ मतदान केन्द्र, छथर जोरपाटी गाउँपालिकामा १२ मतदान स्थल र १७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचान कार्यालय धनकुटाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.