नेपालगन्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु : मृतकका परिवारले गरे चक्काजाम
नेपालगन्ज : कारको ठक्करबाट हजुरआमा र नातिसँगै तीन जनाको मृत्यु भएपछि बिहीबार नेपालगन्जको वीपी चोकमा चक्काजाम गरिएको छ।
आइतबार राति १२ बजेतिर सुर्खेत रोडको वीपी चोक क्षेत्र नजिक नेपालगन्ज–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापाले चलाएको प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगन्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको हो।
समिना र कसिम हजुरआमा र नाति हुन् भने अन्सारी इद्रिसीको घरबेटीका छोरा हुन्। मृतकका परिवारले चालकलाई हदैसम्मको कारबाही गर्न माग गर्दै टायर बालेर बिहान १० बजेदेखि विरोध प्रदर्शन गरिरहेका छन्।