धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु

धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थीत मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ। शुक्रबार राति झारफुकका क्रममा कुटपीटबाट ४२ वर्षीया साउँदको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिरामी भएकी साउँदको झारफुकका लागि धामीझाँक्री धर्मानन्द भट्ट र नारायणदत्त भट्ट एक महिना देखि साउँदको घरमा आउने गरेका थिए।  

प्रहरीले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र वहादुर शाहले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
 

‘धामीझाँक्रीकै कारण हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन।’ प्रवक्ता शाहले भने–‘हामी अनुसन्धानमै छौं।’ स्थानीयका अनुसार धामीझाँक्रीले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेका थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.