शिक्षा र स्वास्थ्य क्षेत्रमा जनतालाई महशुस हुनेगरी काम गर्छु : मन्त्री बोहरा
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले शिक्षा र स्वास्थ्य क्षेत्रमा हरेक जनताले उपभोग गर्ने गरी काम गर्ने बताएका छन्। दुर्गम गाउँका सर्वसधारणलले समेत सरकारले गरेका कामकुराहरुको भोगचलन गरेको महसुश हुनेगरी आउँदो बजेटमा शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागिपर्ने मन्त्री बोहराले जानकारी दिए ।
उनले विपन्न वर्ग र समुदायका मानिसलाई स्वास्थ्य सुविधा दिन स्वास्थ्य विमामा जोड दिने बताए। सोमबार नेपाल प्रेस यूनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।
उनले स्वास्थ्यसँगै शिक्षालाई पनि प्राथमिकतामा राख्ने बताएका छन् । नौ वटै जिल्लामा नमुना विद्यालय स्थापना गर्नुका साथै जेहेन्दार लगनशिल र उत्कृष्ट विधार्थीलाई छात्रवृत्तिमार्फत माथिल्लो प्राविधिक कक्षा पढ्न पाउने गरी व्यवस्था मिलाइरहेको समेत जानकारी दिए।
‘विकास निर्माण कामहरुमा सडक ६ महिना ढिला बने पनि हुन्छ तर स्वास्थ्य ६ मिनेट पनि रोक्न मिल्दैन । यो जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले विपन्न वर्गलगायत सबैका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गर्ने मन्त्री बोहराले प्रतिवद्धता जनाए ।
'शिक्षा बलियो हुनैपर्छ । नत्र समाज राम्रो बन्दैन । त्यसैले नमूना शिक्षा नीति लागू गर्न प्रयासमा छु,' बोहराले भने। यहाँका विद्यालयमा प्रर्याप्त भौतिक पूर्वाधारका साथै शिक्षण सिकाइ सामग्रीहरू नभएको उल्लेख गर्दै मन्त्री बोहराले शिक्षा क्षेत्रमा व्यापक लगानी गनुपर्नेमा जोड दिए ।
उनले जनताले महसुस गर्ने गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उनको मत्रीको दाबी छ । फरक प्रसंगमा मन्त्री बोहराले चुनाबी गठबन्धनबारे सुदूरपश्चिममा सकारात्मक छलफल भइरहेको बताएका छन् । ‘चुनाबी तालमेलबारे छलफल जारी छ । गठबन्धन तोड्ने मनसाय कसैको पनि छैन । तर, यसलाई कसरी मिलाएर अगाडि बढ्ने बारेमा कुराकानी हुँदैछ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !