एमालेले टुंग्यायो स्याङ्जामा २ पालिकाका उम्मेदवार
स्याङ्जा : नेकपा एमालेले आँधीखोला गाउँपालिका र वालिङ् नगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ। नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ का अनुसार आँधीखोला गाउँपालिकाको अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ।
आँधीखोला गाउँपालिकाको अध्यक्ष उम्मेदवार विश्व पौडेल र उपाध्यक्ष उम्मेदवार सीता थापा।
आँधीखोलाले सबै पदाधिकारीसमेत टुंगो लगाएको जनाएको छ। पौडेल नेकपा एमाले जिल्ला सहसचिव हुन् भने थापा जिल्ला समन्वय समिति सदस्य हुन्।
यसै गरी, वालिङ् नगरपालिकाको प्रमुखमा कृष्ण खाँण र उपप्रमुखमा खगिसरा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अन्य वडाको भने छलफल जारी रहेको बताइएको छ।
खाँण नेकपा एमाले जिल्ला उपाध्यक्ष हुन् भने थापा सचिवालय सदस्य हुन्। अन्य पालिकाको बारेमा भने छलफल जारी रहेको सहसचिव राजेन्द्र डुम्रेले जनाए।