सिन्धुलीमा बालबिवाह गर्दा दुलहा पक्राउ
![सिन्धुलीमा बालबिवाह गर्दा दुलहा पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_GIqmMylTPl.jpg)
सिन्धुली : सिन्धुलीमा बालबिवाह गरेको भन्दै प्रहरीले दुलहालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोलन्जोर गाउँपालिका-६ गैरीगाउँका देवलाल सार्कीका २७ वर्षिय छोरा हिराबहादुर सार्की रहेका छन्।
सार्कीले गत आइतबार गोलन्जोर गाउँपालिका-७ डाँडाकटेरीका आइते सार्कीकी १७ वर्षिय छोरी टिकादेवी सार्कीलाई बाल बिवाह गरी घरतर्फ लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाले जानकारी दिए।‘हिराबहादुरले ललाई फकाई बलेनिस्थित महादेव मन्दिरमा लगी बिवाह गर्दै गरेको भन्ने खबरका आधारमा गएको प्रहरीको टोलीले सोही स्थानबाट नियन्त्रणमा लिएको हो,’ उनले भने।
हिराबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ। बालिका टिकादेवी सार्कीलाई भने आफन्तको जिम्मा लगाइएको छ। घटनामा संलग्न अन्यकोसमेत खोजि भईरहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)