एमाले भोट माग्दै, गठबन्धन दल निर्णय कुर्दै

एमाले भोट माग्दै, गठबन्धन दल निर्णय कुर्दै

जाजरकोट : जाजरकोटमा नेकपा एमाले चार पालिकामा उम्मेदवार टुङ्गो लगाएर भोट माग्न ब्यस्त छ। तर, सत्तारुढ गठबन्धन दलले भने अझै भागबण्डा टुङ्गो लगाउन सकेको छैन। जिल्लामा सहमति जुटन नसकेपछि निर्णयका लागि प्रदेशमा पठाए पनि निर्णय हुन सकेको छैन। नेता कार्यकर्ताहरु निर्णयको पर्खाइमा छन्। समयमा सहमति जुटन नसक्दा गठबन्धन दलका कार्यकर्ता निराश हुन थालेका छन्।

जाजरकोटमा काँग्रेस, एमाले र माओवादी केन्द्र यी प्रमुख तीन पार्टीबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ। गत स्थानीय चुनावमा पनि सात पालिकामध्ये तीन एमाले, दुई काँग्रेस र दुई माओवादी केन्द्रले जितेका थिए। 

यसपटक पनि तीन ओटै पार्टीबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो। तर सत्तारुढ दलहरुले चुनावी तालमेल गर्ने निर्णय गरे पनि कुन पालिका कसको भागमा पर्ने हो र को उम्मेदवार हुने हुन् भन्ने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन। सत्ता गठबन्धन भित्रका दललाई पालिका बाँडफाँड र उम्मेदवार छनौटमा सकस परिरहेको बेलामा एमालेले चार पालिकामा सर्वसहमतिमै उम्मेदवार छनौट गरेर चुनावी प्रचार प्रसारमा जुटेको छ।

 
एमालेले भेरी नगरपालिकामा वर्तमान नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई अघि सारेको छ। उपप्रमुखमा सावित्री शाह चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बारेकोट गाउँपालिकामा अध्यक्षमा वीरबहादुर गिरी र उपाध्यक्षमा गिता सिंहलाई अघि सारेको छ। कुशे गाउँपालिकामा अध्यक्षमा प्रेमप्रसाद घर्ती र उपाध्यक्षमा टीका वली विसीलाई उम्मेदवार बनाएको छ। जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा बेदबहादुर शाहीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ। 

अन्य तीन पालिकामा पनि छिटै निर्णय हुने बताइएको छ। उम्मेदवारी टुङ्गिएर पालिकामा सार्थी घरदैलो अभियानमा समेत लागिसकेका एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले भने, ‘हाम्रा साथीहरु भोट माग्न ब्यस्त छन्। चारतिर फर्केका गठबन्धनलाई परास्त गर्ने गरी हामी चुनावी रणनीति बनाएर अघि बढिरहेका छौं।’

गठबन्धन गर्ने केन्द्रीय सर्कुलर अनुसार जिल्ला तहमा पनि सत्ता साझेदार दलहरु चुनावी तालमेल गरेरै अघि बढ्ने सैद्धान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक दलले भागबन्डा मिलाउन नसक्दा कार्यकर्ताहरु अन्यौलमा छन्। धेरै कार्यकर्ताले जाँगर मारिसकेका छन्। 

कसले कुन पालिका भाग पाउँछ भन्ने अन्यौल कायमै छ। गठबन्धन दलका प्रतिनिधि पटक-पटक बैठक बसेर सहमति गर्ने प्रयास गरे पनि निष्कर्षमा पुगेका छैनन्। 'पालिका बाँडफाँडको जिम्मा माथिल्लो निकाय प्रदेश स्तरीय संयन्त्रलाई जिम्मा दिने निर्णय गरेका छन् तर उक्त संयन्त्रले समेत निर्णय गर्न सक्ने हो कि होइन अन्यौल कायमै छ,' नेपाली काँग्रेसका नेता छवि पन्तले भने, ‘एमालेका साथीह? चुनावी प्रचारमा जुटिसके। हामी भने निर्णय कुरेर बसेका छौं।’ 

पालिकामा आफ्नो पक्षमा निर्णय नभए गठबन्धन भित्रकै दलका कार्यकर्ता निष्क्रिय हुने देखिएको छ। निर्णय नहुँदा कार्यकर्ता सुस्ताएका छन् भने आकाँक्षीले आफ्नो पक्षमा लविङ्ग थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.