बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

सिन्धुली : सिन्धुलीमा बोलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध पारिएको छ । कमलामाई नगरपालिका २ भद्रकालीका स्थानीयले बीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोटखण्डको पिपलभन्ज्याङमा बुधबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज लामाका अनुसार बीपी राजमार्ग भएर पिपलभन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले पैदलयात्री ३९ वर्षीय विजय मोक्तानलाई ठक्कर दिँदा गम्भीर घाइते भएका  मोक्तानको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

पैदलयात्रीको मृत्यु भएपछि दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका हुन् । मोक्तानलाई मंगलबार राति जीपले ठक्कर दिएको थियो । राजमार्ग अवरुद्ध गरेपछि लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।

उता बोलेरो चालक आइतसिङ लामालाई नियन्त्रणमा लिइसकिएको लामाको भनाइ छ । 'चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको र अवरुद्ध राजमार्ग खुलाउन वार्ता भइरहेको छ,' प्रहरी प्रवक्ता समेत रहेका लामाले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.