दश लाख नगदसहित ट्रक चालक पक्राउ

दश लाख नगदसहित ट्रक चालक पक्राउ

सिन्धुली:  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १० लाख नगदसहित १७ लाख बराबरको अबैध सामानसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा लु.अ.अ.भ. १८४७ नम्बरको ट्रकका चालक नेर्पा गाँउपालिका ६ खोटाङका ३४ वर्षीय नवराज राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज लामाका अनुसार राईले चलाएको लु.अ.अ.भ. १८४७ नम्बरको ट्रकबाट १० लाख रुपैयाँ नगद र विल विजक नभएको ७ सय २० प्याकेट अन्दाजी ६ लाख ८४ हजार मुल्य बराबरको रजनिगन्धा नियन्त्रणमा लिएको हो । 

'कमलामाई नगरपालिका ४ हिरापानि चेकपोष्टमा खटिएको प्रहरीले उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक चेकजाँच गर्नेक्रममा उक्त नगद र अवैध सामान फेला पारिएको हो,' लामाले भने ।

उनका अनुसार उक्त ट्रक र चालक राइलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैया पठाइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.