तुलसीपुर उपमहानगरमा गठबन्धनका उम्मेदवार बने गेहेन्द्र गिरी
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन्। शनिबार कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय भएको हो।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिले गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। तुलसीपुरको उपप्रमुखमा एकीकृत समाजवादीको तर्फबाट जोगबहादुर राना गठबन्धनको उम्मेदवार घोषण भइसकेका छन्।
कांग्रेस नेत गिरी दाङ जिल्लाको दुई कार्यकाल सभापति भइसकेका छन्। उनी पूर्वसांसद र गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट तुलसीपुर उपमहानगर पालिकाको नगर प्रमुखको प्रत्यासी हुन्। त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डे विजयी भएका थिए। पाण्डेले २२८५७ मत प्राप्त गरेका थिए भने गिरीले १८९०३ मत प्राप्त गरेका थिए।
जिल्लाका दुई उपमहानगर पालिकामा कांग्रेस र माओावादीले एक-एक वटा नेतृत्व पाएका छन्। त्यसका माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको प्रमुखका लागि हेमराज शर्मा डायमण्डलाई अघि सारिएको छ।
प्रतिक्रिया दिनुहोस !