जो बने स्वतन्त्र उम्मेदवार

जो बने स्वतन्त्र उम्मेदवार

काठमाडौं : पोखरा महानगर प्रमुख पदमा गनेस पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। अटेरी अभियानका परिकल्पनाकार मानिने उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उम्मेदवारी दर्ता गराएका हुन्।

दलहरूले पोखरा महानगरको विकासका लागि आवश्यक घोषणापत्र बनाउन नजानेको उनले बताए। ‘दलहरूले विकास मोडलको अवधारणा बनाउन जानेनन्। पोखराको विकास मोडल संस्कृति महत्वको अवधारणा बनाउनै सकेनन्’, उनी भन्छन्।

पोखराको खास मोडल यसको इतिहाससँगै सांस्कृतिक पर्यावरणको महत्व बुझाउन नसकेको उनी बताउँछन्। ‘घोषणापत्र यसरी बनाउने हो भनेर देखाउन मन थियो’, उनी भन्छन्, ‘जित्ने मान्छेलाई योजनाभित्र के छ थाहा छैन। जवाफ दिनु थियो तर माहोल जित्ने बन्यो’, उनले भने। दलहरूलाई घोषणापत्र कस्तो हुनुपर्छ भनेर देखाउनका लागि उम्मेदवार घोषणा गरेका उनले जित्ने माहोल बनेको बताउँछन्। ‘स्थानीय तहमा दलप्रति वितृष्णा छ’, कांग्रेस र माओवादीको ७० प्रतिशत मत मलाई आउँछ। एमालेभित्र पनि अन्तरद्वन्द्व छ। ४० देखि ५० हजार मत ल्याएर जित्छु’, उनले भने। उनी ‘पैताला’ उपन्यासका लेखक हुन्। 

बालेन शाह 

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनी राजनीतिक पार्टीबाट टिकट पाउने प्रक्रियाको विरोधी रहेको बताउँछन्। ‘कर्मचारी आफ्नो पार्टीको भएपछि गल्ती गर्दा ढाकछोप गर्ने, समर्थन गर्नुपर्ने जस्तो बाध्यात्मक हुन्छ। स्वतन्त्र मान्छे मेयर भएपछि सिन्डिकेटको अन्त्य गर्न कार्यकर्तालाई पोस्नुपर्ने बाध्यता हँुदैन। चुनाव जितेपछि आफ्नै पार्टीका नेताले गरेका भ्रष्टाचार न्यूनीकरणका लागि स्वतन्त्र उम्मेदवार बनेको हुँ’, उनले भने। 

विकासको कार्ययोजना गर्ने इन्जिनियरका रूपमा चिनिएका शाह सातै प्रदेशमा बाटो, पुल, स्कुललगायतका पोलिसी मेकिङमा विकासका काम गरेको बताउँछन्। उनको आर्यआर्जनसँग जोड्ने टुरिजम बढाउने सम्पदा संरक्षणसँगै काठमाडौं महानगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, फोहोर व्यवस्थापन, खाली जमिनको उत्पादनलगायतका मुख्य चुनावी एजेन्डा छन्।

प्रकाश भट्टराई 

मोरङ सुन्दरहरैचा नगरपालिका मेयर पदका लागि डा. प्रकाश भट्टराईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। आफ्ना प्रतिबद्धतासहित उनले मनोनयन दर्ता गरेका हुन्। उनी भन्छन्, ‘सक्षम योग्य नेतृत्वको संकट देखियो। धेरै स्थानीय सरकारले प्रभावकारी काम गर्न सकेनन्। भ्रष्टचार बढ्यो। दलहरूले राम्रोसँग काम गर्न सकेनन्।’ युवा पुस्ताले स्वतन्त्र उम्मेदवार उठेर पनि आँट गर्नुपर्ने 
उनको भनाइ छ। 

जानकीराम साह 

जनकपुरधामको मेयरमा जानकीराम साहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मेयरको टिकट पाउने आशमा लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। जनकपुर बनाउने लक्ष्य रहेको उनले बताए।

गायक टंक तिमिल्सिना 

गायक टंक तिमिल्सिनाले धनगढी पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। महानगरको विकासका लागि स्वतन्त्र हिसाबले चुनाव लड्न उनले सोमबार उम्मेदवारी दिएका हुन्। तिमिल्सिना सुदूरपश्चिमबाट सांगीतिक क्षेत्रमा विभिन्न गीत गाएर चर्चामा आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.