पाल्पामा ४२५ पदको लागि ११३३ जनाको उम्मेदवारी

पाल्पामा ४२५ पदको लागि ११३३ जनाको उम्मेदवारी

तानसेन : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पाको १० वटा पालिकाको ४२५ जनप्रतिनिधिको लागि १ हजार १ सय ३३ जनाको उम्मेदवार मनोनयन भएको छ। तानसेन नगरपालिकाको नगर प्रमुखमा ७ जनाले उम्मेदवारी मनोनयन गरेका छन् भने उपप्रमुखमा ५ जना महिलाले उम्मेदवारी दिएका छन्। यसैगरी १४ वटा वडा अध्यक्षको लागि ४५ जनाले उम्मेदवारी दिएका छन्। १४ महिला सदस्यको लागि ३४ जना, १४ दलित महिला सदस्यको लागि २९ जना र २८ खुला सदस्यको लागि ७० जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ। 

बगनासकाली गाउँपालिकामा एक अध्यक्ष पदमा ७ जना, एक उपाध्यक्ष पदमा ५ जना, ९ वडा अध्यक्षको लागि ३७ जना, ९ महिला सदस्यको लागि २८ जना, ९ दलित महिला सदस्यको लागि २४ जना र खुला १८ सदस्यको लागि ६४ जनाले उम्मेदवारी दिएका छन्। 

तिनाउँ गाउँपालिकामा एक अध्यक्ष पदमा ७ जना, एक उपाध्यक्ष पदमा ४ जना, ६ वडा अध्यक्षको लागि १९ जना, ६ महिला सदस्यको लागि १३ जना, ६ दलित महिला सदस्यको लागि १३ जना र खुला १२ सदस्यको लागि २६ जनाले उम्मेदवारी दिएका छन्।  निस्दी गाउँपालिकामा एक अध्यक्ष पदमा ५ जना, एक उपाध्यक्ष पदमा ३ जना, ७ वडा अध्यक्षको लागि १६ जना, ७ महिला सदस्यको लागि १५ जना, ७ दलित महिला सदस्यको लागि १४ जना र खुला १४ सदस्यको लागि ३१ जनाले उम्मेदवारी दिएका छन्। 

    
पूर्वखोला गाउँपालिकामा एक अध्यक्ष पदमा ४ जना, एक उपाध्यक्ष पदमा २ जना, ६ वडा अध्यक्षको लागि १५ जना, ६ महिला सदस्यको लागि ११ जना, ६ दलित महिला सदस्यको लागि ११ जना र खुला १२ सदस्यको लागि २९ जनाले उम्मेदवारी दिएका छन्।  माथाँगढी गाउँपालिकामा एक अध्यक्ष पदमा ५ जना, एक उपाध्यक्ष पदमा ५ जना, ८ वडा अध्यक्षको लागि २५ जना, ८ महिला सदस्यको लागि २२ जना, ८ दलित महिला सदस्यको लागि १९ जना र खुला १६ सदस्यको लागि ४६ जनाले उम्मेदवारी दिएका छन्।

रम्भा गाउँपालिकामा एक अध्यक्ष पदमा ३ जना, एक उपाध्यक्ष पदमा २ जना, ५ वडा अध्यक्षको लागि १२ जना, ५ महिला सदस्यको लागि  ११ जना, ५ दलित महिला सदस्यको लागि ११ जना र खुला १० सदस्यको लागि २२ जनाले उम्मेदवारी दिएका छन्। 

रामपुर नगरपालिका  एक प्रमुखमा  पदमा ६ जना, एक उप प्रमुख पदमा ४ जना, १० वडा अध्यक्षको लागि २८ जना, १० महिला सदस्यको लागि  २३ जना, १० दलित महिला सदस्यको लागि २३ जना र खुला २० सदस्यको लागि ५४ जनाले उम्मेदवारी दिएका छन्। रिव्दीकोट गाउँपालिकामा एक अध्यक्ष पदमा २ जना, एक उपाध्यक्ष पदमा ३ जना, ८ वडा अध्यक्षको लागि २१ जना, ८ महिला सदस्यको लागि  १९ जना, ८ दलित महिला सदस्यको लागि १८ जना र खुला १६  सदस्यको लागि ३७ जनाले उम्मेदवारी दिएका छन्। 

यसैगरी रैनादेवी छहरा गाउँपालिकामा एक अध्यक्ष पदमा ५ जना, एक उपाध्यक्ष पदमा ५ जना, ८ वडा अध्यक्षको लागि २६ जना, ८ महिला सदस्यको लागि  २१ जना, ८ दलित महिला सदस्यको लागि १९ जना र खुला १६ सदस्यको लागि ४३ जनाले उम्मेदवारी दिएका छन्। पाल्पाका १० वटै पालिकामा प्रमुखदेखि सदस्यसम्म उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध दावी विरोध नपरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका कार्यालय प्रमुख रुकमागत अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.