धनकुटामा ३६ जनाले लिए उम्मेदवारी फिर्ता
धनकुटा : स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरु मध्ये ३६ जनाले आफ्नो नाम फिर्ता लिएका छन्। उम्मेदवार फिर्ता लिनेमा स्थानीय तह प्रमुख देखि वडा सदस्य समेत रहेका छन्। निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ ५ बजेसम्मको समय सकिँदा जिल्लाका ६ वटा स्थानीय तहमा विभिन्न पदमा मनोनयन गरेका ३६ जनाले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।
सहिद भूमि गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन गर्दा गराएका नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य भरत सिंह राई र उपाध्यक्षमा मनोनयन दर्ता गराएका जनता समाजवादी पाटी नेपालका बलेन्द्र राईले उम्मेदवारी फिर्ता लिएका छन्।
त्यस्तै जनता समाजवादी पार्टीबाट धनकुटा नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका गोपाल लिम्बू, सोही पाटीबाट उपप्रमुखका उम्मेदवार सारमाया राई, वडा नं. २ वडाध्यक्षका उम्मेदवार अम्बरबहादुर राई, ८ नं. वडाका वडाध्यक्ष उम्मेदवार सोनिका राई, ८ नं का महिला सदस्य उम्मेदवार भीमकुमारी राई, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट १ नं. वडाका वडाध्यक्ष उम्मेदवार बाबु मगर, वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार तेजबहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
यता नेकपा एस पार्टीबाट पाख्रिवास नगरपालिकाको प्रमुखका उम्मेदवारी दिएका गोपाल बराइली, उपप्रमुखका उम्मेदवार सावित्रा घिमिरे, वडा नं. १ का वडाध्यक्ष उम्मेदवार भोलानाथ अधिकारी, सोही वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका लोकेन्द्र तामाङ, वडासदस्यमा उम्मेदवार दिएको जसपाका गणेशबहादुर पराजुली, ३ नं. वडाका वडाध्यक्ष उम्मेदवार नेकपा एसका वेदवहादुर वस्नेत, वडा नं. ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका मिनवहादुर गुरुङ, वडा नं. १० मा वडाध्यक्षको स्वतन्त्र उम्मेदवार दिएका वीरेन्द्र समाल मगरले पनि उम्मेदवारीबाट नाम फिर्ता लिएका छन्।
नेकपा एसका खगेन्द्र सुवेदीले महालक्ष्मी नगरपालिका उपप्रमुखबाट उम्मेदवारी फिर्ता लिएका छन्। सोही नगरपालिका वडा नं. १ मा वडाध्यक्षका उम्मेदवार नेकपा एसका पदमबहादुर पौडेल, वडा सदस्य दुर्गा दाहाल, २ नं. वडा सदस्यका स्वतन्त्र उम्मेदवार भोलामान ताम्ली, ३ नं. वडासदस्य नेकपा एसका योगेन्द्रप्रसाद दाहाल, ४ नं. वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विनोद भण्डारी, ५ नं. वडाध्यक्षका उम्मेदवारी राष्ट्रिय प्रजातन्त्र पाटीका दुर्गाबहादुर पुरी, वडा सदस्य भविष्य पौडेल, महिला सदस्य लिलामाया गिरी, ६ नं. वडाका दलित महिला सदस्य रोमिला परियार, ७ नं. वडाध्यक्षका स्वतन्त्र उम्मेदवार दिनेशराज सुवेदी, नेकपा एसको तर्फवाट ७ नं. वडा सदस्यका उम्मेदवार नगेन्द्र लिम्बू (मादेन), ९ नं. वडाका स्वतन्त्र उम्मेदवार सुरेन्द्र भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।
त्यस्तै छथरजोरपाटी गाउँपालिका वडा नं. ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका डिल्ली बहादुर लिम्बू पनि उम्मेदवार फिर्ता लिएका छन्।
साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेकपा एसका अर्पणा सुब्बा र स्वतन्त्र उम्मेदवार जगतबहादुर राईले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उपाध्यक्षमा उम्मेदवारी दिएका नेकपा एसका राजकुमार लिम्बूले उम्मेदवारी फिर्ता गरेका छन्।
९ नं. वडाका वडाध्यक्ष उम्मेदवार जसपाका पूर्णसिंह राई र वडासदस्य मानु राईले पनि उम्मेदवारी फिर्ता गरेका छन्। उम्मेदवारले नाम फिर्ता लिएपछि निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
प्रतिक्रिया दिनुहोस !