ट्रकसहित ५३ केजी गाँजा बरामद , चालक र सहचालक पक्राउ

ट्रकसहित ५३ केजी गाँजा बरामद , चालक र सहचालक पक्राउ

वीरगन्ज :  वीरगन्जमा प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।  मकवानपुरबाट पर्साको भेगतर्फ जाँदै गरेको ना.३ ख ६३८४ नम्बरको मिनी ट्रक , वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित लिटिल फलावर स्कुल नजिकै प्रहरीले रोकेर चेकजाँच गरेको थियो । 

चेकजाँचका क्रममा उक्त मिनी ट्रकमा दुईवटा बोराभित्र लुकाएर राखिएको ६ पोकामा रहेको ५३ केजी गाजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गाँजा र मिनी ट्रकसँगै चालक मकवानपुरको हेटौडा ११ का ४५ वर्षीय पूर्णबहादुर मोक्तान र सहचालक हेटौडा ४ का राज भुलनलाई नियन्त्रणमा लिइएको खनालले बताए । खनालका अनुसार , मकवानपुरको ग्रामीण भेगबाट ल्याइएको गाँजा, पर्साको ग्रामीण भेगका नाकाहुँदै भारत तस्करी गरेर लैजाने क्रममा प्रहरीले बरामद गरेको हो ।

गाँजा र मिनी ट्रकसहित नियन्त्रणमा लिइएकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.