पोखरीया नगरपालिकामा कांग्रेसको चुनावी घोषणापत्र : बालविवाह मुक्तदेखि निशुल्क एम्बुलेन्स सेवा

पोखरीया नगरपालिकामा कांग्रेसको चुनावी घोषणापत्र : बालविवाह मुक्तदेखि निशुल्क एम्बुलेन्स सेवा

वीरगन्ज :पर्साको पोखरीया नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना प्रतिबद्धतासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरीयामा चुनावी सभा गरेर पर्साका शीर्ष कांग्रेस नेता र उम्मेदवारहरुको उपस्थितिमा कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । 

कांग्रेस पोखरीयाको चुनावी घोषणापत्रमा पोखरीया नगरपालिकालाई बालविवाह मुक्त बनाउनेदेखि फ्री वाइफाइ सेवासम्मका प्रतिबद्धताहरु समावेश गरिएको छ ।  नगरको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै कांग्रेसले चुनावी घोषणापत्रमा बेरोजगारी अन्त्य , कृषिमा आधुनिकीकरण , स्वास्थ्य , शिक्षा , सुशासनका बुँदाहरु समेटेको छ । 

हाम्रो संकल्प हाम्रो योजना नाम दिइएको चुनावी घोषणापत्रमा बालविवाह मुक्त नगरपालिका बनाउने, २० वर्ष उमेर पुगेर विवाह गर्ने युवतीको २५ हजार रुपैयाँको बिमा गर्ने, हरेक वडालाई एक आपसमा जोड्न रिङ रोड निर्माण गर्ने उल्लेख छ । 

यस्तै, रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थालाइ १० देखि ५० हजार रुपैयाँ नगद सहयोग गर्ने , पोखरीयादेखि वीरगन्जसम्म निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने , सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने , प्राविधिक शिक्षा उत्तीण गरेका युवायुवतीलाई रोजगारी उपलब्ध गराउने , हरेक वडामा फ्री वाइवाइ सेवाको प्रबन्ध मिलाउने पनि कांग्रेसले वाचा गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले कांग्रेसले जे बोल्ने त्यहि गर्ने भएकाले पोखरीयाको चुनावी घोषणापत्रमा गरिएका वाचाहरु कांग्रेसका जनप्रतिनिधिहरुले कार्यान्वयनमा ल्याएरै छाड्ने बताए । रिजालले भने,‘अरुजस्तो झुठको पुलिन्दा बाँध्ने पार्टी कांग्रेस होइन, यसले जे बोल्छ त्यहि गर्छ,  गर्न सक्ने काम मात्रै बोल्छ , जनतालाई भ्रममा राख्दैन । '

रिजालले मुलुकमा भएका हरेक राजनीतिक संकटको निकास कांग्रेसले नै दिएको भन्दै पोखरीयामा पनि युवा नेतृत्व मन्टुलाई चुनावी मैदानमा उतारकोले कांग्रेसका उम्मेदवारलाई बहुमतका साथ जिताउन अपिल गरे । चुनावी घोषणापत्र सभालाइ कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , जिल्ला प्रवक्ता रमेशनाथ पाण्डे , क्षेत्रीय सभापति श्रीकृष्ण चौहान , मेयरका उम्मेदवार दिपनारायण रौनीयार (मन्टु ) लगायतले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा पोखरीया नगरपालिकाको कांग्रेसका उपमेयरकी उम्मेदवार रेहाना खातुन , कांग्रेस जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , क्षेत्रीय सभापति श्रीकृष्ण चौहान, पार्टी प्रवक्ता रमेशनाथ पाण्डे लगायतको पनि उपस्थिति थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.