मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धनकुटा(अस) : साँगुरीगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार राति पौने १२ बजे साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार–डाँडाबजार सडक खण्डमा को २८ प ७४७१ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा सोही वडाका ३८ वर्षीय इन्द्रबहादुर याखाको घटनास्थलमा नै मृत्यु भएको हो।
घटनास्थलबाट शवको कानुनी प्रक्रिया पूरागरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीबी दाहालले बताए।
प्रतिक्रिया दिनुहोस !