माओवादी कार्यकर्ताले शिक्षक कुटे

माओवादी कार्यकर्ताले शिक्षक कुटे

जाजरकोट : नेपाली कांग्रेस र नेकपा माओवादी सत्ता साझेदार दलहरू हुन्। यी दललगायत सत्ता गठबन्धनको स्थानीय निर्वाचनका लागि धेरै जिल्लामा चुनावी तालमेल छ। तर, रुकुम पश्चिम यस्तो जिल्ला छ जहाँ माओवादी केन्द्रका कार्यकर्ताको व्यवहार र धङ्धङ्गी सशस्त्र युद्धकालकै छ। ऊ एक्लै चुनावी मैदानमा छ। अन्य पार्टीलाई उसले कहिल्यै मित्रवत व्यवहार नगरेको फरक मत राख्नेको आरोप छ। दादागिरीको राजनीति गरेको उनीहरूको भनाइ छ।

दिनहुँ फरक विचार र आस्था राख्ने पार्टीका कार्यकर्तालाई कुटपिट गर्ने कार्य सुरु भएको छ। बुधबार र बिहीबार कांग्रेस कार्यकर्ता कुटेका माओवादीले शुक्रबार एमाले निकट एक शिक्षकलाई दाँतै झर्ने गरी कुटपिट गरेका छन्। त्रिवेणी गाउँपालिका–८ का ३९ वर्षीय लोकबहादुर खड्कालाई रक्ताम्य हुने गरी माओवादी कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए। स्थानीय शुभप्रभात आधारभूत विद्यालयमा कार्यरत उनको कान, नाक र मुखमा चोट लागेको छ।

माओवादीको युवा दस्ता वाईसीएल कार्यकर्ताको मुक्का प्रहारबाट घाइते खड्काको एउटा दाँतसमेत झरेको छ। घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। घटनास्थल सदरमुकाम खलंगा मुसिकोटबाट गाडीमा दुई/तीन घण्टाको दूरीमा पर्छ। ‘माओवादीलाई भोट दिन्न कांग्रेस र एमालेको गठबन्धनलाई भोट दिन्छु’, भनेपछि उनलाई माओवादी कार्यकर्ताले कुटपिट गरेको स्थानीयको भनाइ छ। रुकुम पश्चिममा कांग्रेस र एमालेको तालमेल छ भने माओवादी एक्लै चुनावी मैदानमा उत्रिएको छ।

माओवादीको उग्रता यतिमा मात्र सीमित छैन। भागेर बिहीबार नुवाकोट प्रहरी चौकीमा शरण लिन गएका कांग्रेस कार्यकर्तालाई संरक्षण गरेको भन्दै उनीहरूले प्रहरी चौकीसमेत तोडफोड गरिदिएका छन्। प्रहरीका अनुसार बुधबार रातिबाट त्रिवेणी गाउँपालिका–९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भयो। एकआपसमा ढुंगा हानाहान पनि भयो। त्रिवेणी–९, नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाईसीएलले ढुंगा हानेका हुन्। कांग्रेस कार्यकर्तालाई वाईसीएलले लखेटेपछि ज्यान जोगाउन चौकीभित्र छिरेका उनीहरूलाई वाईसीएल कार्यकर्ताले बाहिर निकाल्न भनेका थिए। कांग्रेसका १३ जना कार्यकर्ता चौकीमा पुगेका थिए।

बुधबार दिउँसो पनि यहाँ कांग्रेस र माओवादी कार्यकर्ताबीच तनाव भएको थियो। तरुण दलले वाईसीएलका चूडामणि बस्नेत, डिलबहादुर विकको घर तोडफोड गरेका छन्। माओवादीको तर्फबाट ९ नम्बर वडाध्यक्षका उम्मेदवार जनककुमार विकको समेत गरी ३ वटा बाइकसमेत तोडफोड गरेका छन्। माओवादीले कांग्रेसका उम्मेदवार चढ्ने गाडीका सीसा फुटाएको र झन्डा च्यातेपछि घटना उग्र बन्दै गएको आरोप कांग्रेसले लगाएको छ।

माओवादी कार्यकर्ताले कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिङ खड्काको घरमा पनि ढुंगा हानेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले प्रहरी जनशक्ति कम भएका कारण प्रहरी चौकी तोडफोड भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.