भ्रमरको ५०औं कृति

भ्रमरको ५०औं कृति

जनकपुरधाम : वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडी ‘भ्रमर’ द्वारा लिखित मैथिली भाषाको ‘मिथिलाक लोकजीवन ः लोक सन्दर्भ’ पुस्तक सार्वजनिक गरिएको छ। मैथिली भाषाका चर्चित साहित्यकार ‘भ्रमर’ को ५०औं कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन्। 

कुलपति उप्रेतीले पुस्तक लोकार्पण गर्दै उक्त पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको कृति भएको बताए। ‘मैथिली बहुुभाषीय, बहुदेशीय भाषा हो। नेपाल, भारतसँगै अन्य देशमा पनि मातृभाषाका रुपमा मैथिली बोलिन्छ। ‘मिथिलाक लोकजीवन ः लोक सन्दर्भ’ले मिथिलाको लोकजीवन र भाकालाई समेटेको छ’, उनले भने। 

मैथिली नेपाल र भारतको साहित्यिक इतिहासको महत्वपूर्ण अंग भएको बताउँदै मल्लकालमा राजभाषाको रुपमा चलनमा रहेको मैथिली राजनीतिक कारणले ओझेलमा परे पनि अहिले पुन ः उजागर हुन थालेको बताए। 

‘मैथिलीको आफ्नै लिपि, भाषा र लोकभाकाले यसलाई अझ सशक्त र जिवन्त तुल्याउँछ। प्रकाशक अमेरिकास्थित मिथिला सेन्टर हो। यस अर्थमा यो पुस्तक अन्तर्राष्ट्रिय महत्वको गरिमा हुनेछ’, उनले भने।
कार्यक्रममा समीक्षकहरू डा. भीमनाथ झा, डा. रमानन्द झा रमण, चन्द्रेशसँगै डा. रेवतीरमण लाल, डा. भोगेन्द्र झा, नित्यानन्द मण्डल, कोलकताका साहित्यकार अशोककुमार झा, राजविराजकी करुणा झा, विराटनगरका प्रवीणनारायण चौधरीसँगै मिथिला सेन्टर अमेरिकाका नवल यादवलगायतले पुस्तकका बारेमा चर्चा गरेका थिए। मिथिला सेन्टर अमेरिकाद्वारा प्रकाशित दुई सय ८४ पृष्ठको पुस्तकमा मैथिली भाषा, साहित्य, कला, संस्कृति, इतिहास र भूगोल विषयका खोजपूर्ण लेख, निबन्ध आदि प्रकाशित छन्। साहित्य समीक्षक डा. रमानन्द झा रमणले भ्रमरको पुस्तक पढेपछि नेपालको पछिल्लो ५० वर्षको इतिहास बुझ्न सजिलो भएको बताए। 

‘साहित्य समाजको ऐना हो। भ्रमरद्वारा लिखित पुस्तक पढ्दा नेपालको ५० वर्षमा घटित राजनीतिक, सामाजिक तथा साँस्कृतिक घटनाहरू बुझ्न सजिलो भयो’, डा. रमणले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.