गोरखामा मौन अवधिमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

गोरखामा मौन अवधिमा  कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

गोरखा : मौन अवधिमा चुनावी गतिविधि गरिरहेका कांग्रेस र माओवादी कार्यकर्ताबीच बुधबार राति झडप भएको छ । अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा राति १० बजेतिर भएको झडपमा माओवादीका दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

कुटाकुट हुँदा स्थानीय बेलबहादुर गुरुङको दुईवटा दाँत भाँचिएको छ भने अर्का विष्णु भुजेल पनि घाइते भएका प्रहरीले जनाएको छ । बुधबार बिहान मतदानकेन्द्रमा भएको सर्वदलीय बैठकमा विवाद भएको विषयमा राति मापसे गरी थप विवाद हुँदा कुटाकुट भएको बुझिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

‘जाहेरी दिन्छु भन्ने मौखिक खबर आएको छ तर, अहिलेसम्म जाहेरी आएको छैन,' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.