रसुवाका मतदानस्थलमा मोबाइल तथा क्यामेरा लैजान नपाइने

रसुवाका मतदानस्थलमा मोबाइल तथा क्यामेरा लैजान नपाइने

रसुवा : भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाउने भएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले सम्पन्न गर्न उक्त व्यवस्था गरिएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाले बिहीबार एक सूचना जारी सूचनामा भनिएको छ, 'निर्वाचन आचार संहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त रसुवावासी मतदाता तथा सरोकारवालाहरूले सो बमोजिम गर्नु/गराउनु हुन हार्दिक अनुरोध छ ।’

जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र तोकिएको छ । 

यस्तै, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.