धनकुटाका मतगणना स्थलमा फलामको तारजाली, सीसीटीभी क्यामेरा जडान

धनकुटाका मतगणना स्थलमा फलामको तारजाली, सीसीटीभी क्यामेरा जडान

धनकुटा : स्थानीय तहको शुक्रबार हुने निर्वाचनको मतगणनाका लागि धनकुटा नगरपालिकामा सीसीटीभी क्यामेरा जडान र फलामको तारजाली लगाउने कार्य सम्पन्न गरिएको छ।

निर्वाचनको मतपत्र र मतपेटिकाको सुरक्षाका लागि मतदान स्थलमा फलामको तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए।

उनकाअनुसार धनकुटा नगरपालिकाको लागि सदरमुकामस्थित सामुदायिक भवनमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ। मतगणना स्थलमा सिसीटिभी क्यामेरा र फलामको तारजालीको व्यवस्था गरिएको छ।

त्यस्तै जोरपाटी बजारस्थित छथरजोरपाटी गाउँपालिका कार्यालयनजिकै रहेको घरलाई मतगणना स्थल तोकिएको छ। सो घरभित्र मतगणना हुने स्थानमा सीसीटीभी क्यामेरा जडान कार्य सम्पन्न भइसकेको निर्वाचन अधिकृत गोकुलबहादुर निरौलाले बताए। उनकाअनुसार मतपत्र गणना हुने स्थानलाई फलामको तारजालीले घेरिएको छ।

साँगुरीगढी गाउँपालिकाको भवनलाई मतगणना स्थल बनाइएको छ। सो भवनभित्रको गणनास्थललाई सीसीटीभी क्यामेराले जडान र तार घेराबार गरिएको निर्वाचन अधिकृत रत्नबहादुर कटुवालले बताए। जिल्लाको चौविसे गाउँपालिका, सहिदभूमि गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिकाको मत गणनास्थलमा सुरक्षाको लागि सीसीटीभी क्यामेरा र तारजाली लगाइएको छ।

धनकुटा नगरपालिकाको लागि सदरमुकामस्थित सामुदायिक भवनमा तयार पारिएको मतगणना स्थल । फोटो : हरिबहादुर लम्जेल, धनकुटा।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.