बाराको देवतालमा कांग्रेस र लोसपाबीच झडप, मतदान रोकियो
वीरगन्ज : बाराको देवताल गााउँपालिका वडा नम्बर ७ मा मतदान रोकिएको छ। वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच झडप भएपछि बिहान ८ बजे देखि मतदान स्थगित भएको हो । झडपमा दुवै दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक वृद्ध मतदाताको मतपत्र लिएपछि त्यही विषयलाई लिएर कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समूहले विरोध गरेपछि विवादले झडप रुप लिएको हो।
स्थगित मतदान सुचारु गराउन जिल्लाका सुरक्षा निकायका प्रमुखहरु मतदान केन्द्रमा पुग्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।