बजारमा थप ९ अर्ब नोट

बजारमा थप ९ अर्ब नोट

काठमाडौं : नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए। यो रकम ठ्याक्कै चुनावकै लागि मात्र हो भन्न भने नसकिने उनी बताउँछन्। ‘तर विगत १० कार्य दिनमा थप ९ अर्ब रुपैयाँको माग बढ्यो। सो रकमबराबरको नोट राष्ट्र बैंकबाट बाहिर गएको छ,’ उनले भने, ‘यो चुनावकै लागि निर्वाचन आयोगले भुक्तानीमा खर्च गर्‍यो कि म्यादी प्रहरीलाई दिइयो यकिन भने थाहा भएन।’ 

वैशाख ९ गतेसम्म बजारमा ६ खर्ब ४३ अर्ब रुपैयाँ रहेको तर वैशाख २८ गतेसम्ममा ६ खर्ब ५२ अर्ब हाराहारीका नोट चलनचल्तीमा रहेको नेपालले बताए।  ‘अपेक्षा गरेअनुसार माग भएको छैन। हुन त अझै अवधि बाँकी नै छ। किनभने अन्तिम समयमा नै म्यादी पुलिसको, निर्वाचन आयोगको भुक्तानी हुने गरेको छ,’ उनले भने। यसको कारण अनौपचारिक अर्थतन्त्रको पैसा खर्च गरेको उनको अनुमान छ।

अर्थ मन्त्रालयले निर्वाचन आयोग, म्यादी प्रहरी, सुरक्षा निक(ायलगायतलाई लक्षित गर्दै करिब १६ अर्ब रकम स्वीकृत गरेको थियो। अर्थका प्रवक्ता ढुण्डीप्रसाद निरौलाका अनुसार आयोगलाई निर्वाचन खर्चबापत ८ अर्ब ११ करोड रुपैयाँ स्वीकृत गरिएको छ। यसबाहेक नेपाल प्रहरी (म्यादीसमेत), सशस्त्र प्रहरीका लागि ६ अर्ब ३७ करोड रुपैयाँ स्वीकृत गरिएको 
उनले बताए। 

  •     चलनचल्तीमा कुल ६ खर्ब ५२ अर्ब
  •     निर्वाचन लक्षित खर्च मात्रै १६ अर्बभन्दा बढी स्वीकृत

सुरक्षाकर्मीको सेवाको आधारमा स्थलमा खटिनेलाई भत्ताको पनि स्वीकृत गरेको छ। नेपाली सेनालाई २६ करोड र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि ३ अर्ब हाराहारी रकम छुट्ट्याइएको प्रवक्ता निरौलाले जानकारी दिए। ‘यता निर्वाचन आयोगले मतपत्र मतपेटिका, सीसीटीभीलगायत निर्वाचन सामग्री किन्ने गर्छ।  तर बैंकबाट झिकेको तथा खर्च गरेको तथ्यांक आइनसकेको कार्यकारी निर्देशक नेपाल बताउँछन्। ‘किनभने सरकारले खर्च बैंकिङ प्रणालीबाटै गर्छ। यसको पनि सबै फिगर आइसकेको छैन,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नेपालले भने।  

चलनचल्तीमा ६ खर्ब ५२ अर्ब रुपैयाँ

अहिले बजारमा चलनचल्तीको कागजी नोट बढेर ६ खर्ब ५२ अर्ब रुपैयाँ हाराहारीमा पुगेको छ। जबकि चुनाव चहलपहल हुनुअघि बजारमा चलनचल्तीमा ६ खर्ब ४३ अर्ब रुपैयाँबराबरको कागजी नोट थियो। 
यद्यपि असारको तुलनामा चालू आर्थिक वर्षको १० महिनामा भने बजारमा थप १ खर्ब ५८ अर्ब थप रकम चलनचल्तीमा गएको छ। राष्ट्र बैंकबाट वित्तीय प्रणालीमा गएका र पुनःप्रणालीमा नआएका नोटलाई चलनचल्तीमा रहेको मानिन्छ। वर्षौंपहिले निष्कासन बन्द भएका १, २, २५ र २ सय ५० दरका नोट पनि चलनचल्तीमा रहेको देखिएको छ। राष्ट्र बैंकका अनुसार तर अहिले बजारमा चलनचल्तीमा हजार दरका नोट करिब ७० प्रतिशत छ। यस्तै, २० प्रतिशत ५ सय दरका, ३ प्रतिशत १ सय दरका र बाँकी ७ प्रतिशत जति साना दरका नोट (१, २, ५, १०, २० र ५०) को हिस्सा छ। 

‘नक्कली नोट हल्ला’

अहिले चुनावकै मौका छोपेर बजारमा नक्कली तथा जाली नोट पनि भित्रिएको हल्ला छ। तर यसबारे राष्ट्र बैंकमा कुनै पनि उजुरी नपरेको उनले जानकारी दिए। ‘यसलाई प्रमाणले पुष्टि गर्नुपर्छ। नक्कली नोट आयो भनेर हल्लामा चल्नु भएन। यसबारे बैंक तथा प्रहरीमार्फत नक्कली नोट देखियो भनेर नोटै आएको स्थिति छैन,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.