क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवारले गरे मतदान

क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवारले गरे मतदान

धनकुटा : क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवार विकास घिमिरेले मतदान गरेका छन्। लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटा नगरपालिका-३ को वडाध्यक्षका उम्मेदवार बनेका उनले बिहान करिव साढे १० बजे भाषा उच्च मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

घिमिरेसंगै दाजु विजय घिमिरेसहित परिवार अन्य पाँच जना सदस्यले पनि मतदान गरेका थिए। उनका बुवा हर्क घिमिरेको गत वैशाख २७ गते निधन भएको थियो। बुवाको निधन पछि उनी काजक्रियामा बसेका थिए। 

साहित्यकार झमक घिमिरेले पनि गरिन् मतदान 

मदन पुरस्कार विजेता प्रसिद्ध साहित्यकार झमककुमारी घिमिरेले पनि मतदान गरेकी छिन्। धनकुटा–६ सामुदायिक वहुउेश्यीय सामुदायिक (क) मतदान केन्द्रमा परिवारका सदस्यसँगै पुगेर पहिलो मतदाताको रुपमा मतदान गरेकी थिइन्। उनको चर्चित आत्मकथा ‘जीवन काँडा की फूल’ कृतिले मदन पुरस्कार पाएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.