सङ्खुवासभामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै

सङ्खुवासभामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै

सङ्खुवासभा : सङ्खुवासभाको १० स्थानीय तह मध्ये ८ स्थानीय तहमा मत गणना सुरु भएको छ। ८ मध्ये ४ स्थानमा नेपाली कांग्रेस र १/१ स्थानमा नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) अग्रस्थानमा रहेको छ। खाँदबारी नगरपालिका र चिचिला गाउँपालिका गयराती १२ बजे बाट मदगगना सुरु भएको थियो। मादी नगरपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र पाँचखपन नगरपालिका आजबाट मतगणना सुरु भएको हो। 

खाँदबारीमा गठबन्धन अगाडि
खाँदबारी नगरपालिकामा गठबन्धन दल अगाडि रहेको छ। मेयरमा कांग्रेसका महेश थपलियाले ७१२ र माओवादी केन्द्रका दिव्यराज बरालले ४६२ मत ल्याएका छन्। त्यसैगरी एमालेका जितबहादुर घिमिरको ३०९ र उपमेयरमा महेश्वरा बज्राचार्यको ४२० मत आएको छ। खाँदबारीमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

मादीमा एमाले अगाडी
मादी नगरपालिकामा गठबन्धन भन्दा एमाले अगाडि देखिएको छ। मेयरमा एमालेका जीवन लिङ्थेपले ५६२ र माओवादीका केन्द्रका दावा क्षत्र शेर्पाले ४७५ मत ल्याएका छन्। त्यसैगरी उपमेयरमा कांग्रेसका पासाङ शेर्पाले ५४२ र एमालेकी सुनिता दाहाले ५०५ मत ल्याएका छिन्। मादीकै वाडा नं. ९ मा कांग्रेसको प्यानलनै विजयी भएको छ।
 
सिलिचोङमा माओवादी केन्द्रको अग्रता
सिलिचोङ गाउँपालिकाको पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ। एक सय मत गन्दा माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र कुलुङ(मञ्जिल) ले अग्रता लिएका छन्।

कुलुङले ६५ मत ल्याउँदा नेपाली कांग्रेसका भुपालराज मेवाहाङले २५ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा माओवादीका देवी कुमारी राईले ४५, नेपाली कांग्रेसका देवीता कुलुङले २५ प्राप्त गरेका छन्।

चिचिलामा कांग्रेस अगाडि
चिचिला गाउँपालिकामा नेपाली कांग्रेस अगाडि देखिएको छ। अध्यक्षमा कांग्रेसका पासाङ शेर्पाले ५०९ र माओवादी केन्द्रका रिपुप्रसाद राईले ४१३ मत ल्याएका छन्। त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी मनकला राई ४९८ र माओवादीकी तिर्थमाया राईले ४३४ मत ल्याएकाकी छन्।

वडा नं. १ र २ दुईमा कांग्रेसको प्यान विजयी भइसकेको छ। कांग्रेसका अध्यक्ष पदका उम्मेदवार पासाङ शेर्पामा यस अघिका गाउँपालिका अध्यक्ष हुन्।

मकालुमा पनि कांग्रेस अगाडि
मकालु गाउँपालिकामा गठबन्धन अगाडि अग्रस्थानमा छ। अध्यक्षमा नेपाली कांग्रेस ओङ्दी छिरीङ शेर्पा नेपाली ११० ल्याएर अग्रता लिएका छन्।

नेकपा एमाले भरतकुमार कटुवाल ६३ मत पाएका छन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्र मनकला राई ८६ मत ल्याएकी छन्। ऐमालेकी चमेली राई याम्फु ७६ मत प्राप्त गरेकी छन्। चमेली यस अघिकी गाउँपालिका उपाध्यक्ष हुन्। 

सभापोखरीमा गठबन्धनको अग्रता 
सभापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका भिम बहादुर लिम्बुले २३० मतले अग्रता लिएका छन्। एमालेका रत्न सुब्बाले १४५ मत पाएका छन्। उपाध्यक्षमा एकीकृत समाजवादीका लक्ष्मी चापागाईंको १९९ मत छ। एमाले सविता कालाखेलीले १५६ मत पाएकी छन्। एमालेका रत्न सुब्बा यस अघिका गाउँपालिका अध्यक्ष हुन्।

पाँचखपन नगरपालिका र धर्मदेवि नगरपालिकाको मत गणना सुरु भएपनि मत पारिणाम आउन सुरु भएको छैन। भोटखोला गाउँपालिकामा भोलिसम्म मात्र मतपेटिका संकलन भई सक्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.