पाख्रिवास-१ मा गठबन्धनले खोल्यो खाता

पाख्रिवास-१ मा गठबन्धनले खोल्यो खाता

धनकुटा : अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले क्लीनस्वीप गरेको पाख्रिवास नगरपालिकामा लोकतान्त्रिक गठवन्धनले विजयी खाता खोलेको छ।

गत २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर/उपमेयरसहित सबै वडामा जीत हासिल गरेको पाख्रिवास नगरपालिकामा गठवन्धनले विजयी खाता खोलेको हो। 

पाख्रिवास नगरपालिका वडा नं. १ को वडाध्यक्षमा गठवन्धनका भोगेन्द्र पाण्डे सहित पुरै प्यानलले विजयी हासिल गरेको छ। पाण्डेले नेकपा एमालेका उम्मेदवार दुर्गावहादुर थापालाई १ सय ४४ मतान्तरले पराजित गरे। विजयी पाण्डेले ४ सय २३ उनका निकटम प्रतिद्वन्द्वी थापाले २ सय ७९ मत प्राप्त गरे।

 
त्यस्तै खुल्ला वडा सदस्यमा गठवन्धनका रत्नवहादुर अधिकारी, रुद्रवहादुर कार्की, महिला सदस्यमा डम्बरकुमारी अधिकारी धमला र दलित महिला सदस्यमा कोपिला सार्की विजयी भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.