गौतमबुद्धमा आजदेखि अन्तर्राष्ट्रिय उडान

गौतमबुद्धमा आजदेखि अन्तर्राष्ट्रिय उडान

बुटवल : मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ। सोमबारदेखि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलायन्सले उडान भर्दैछ। 

भैरहवास्थित गौतमबुद्ध विमानस्थलको सोमबार बिहान औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने भएका छन्। विमानस्थलका निमित्त निर्देशक तथा प्रवक्ता श्यामकिशोर शाहले सोमबार उद्घाटनको तयारी भएको बताए। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुनेछ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ।  

यहाँबाट उडान भर्न श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका कम्पनीले पनि चासो देखाएका छन्। यसअघि जेठ १४ मा नेपाल वायुसेवा निगमकै वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो।

२०७४ साल जेठमै निर्माण सक्ने गरी सुरु भएको विमानस्थल निर्माणमा करिब ३० अर्ब खर्च भएको छ। तर, पहिलो म्याद सकिएको पाँच वर्षपछि मात्रै विमानस्थल सञ्चालनमा आएको हो।

निर्माण कम्पनीको ढिलाइ, पटकपटकका ठेकेदारबीचको विवाद र कोरोना महामारीका कारण यो निर्माणको काम चार वर्षभन्दा धेरै पछि धकेलिएको हो। तत्कालीन आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार ६ अर्ब ८२ करोडको लागतमा धावनमार्गसहित टर्मिनल भवनलगायतका संरचना निर्माण भएका छन्। यसको निर्माण चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन कन्ट्रक्सन ग्रुपले गरेको छ। यो निर्माण कम्पनीले समयमै काम नसक्दा ६ पटकसम्म म्याद थप भएको थियो। जसका कारण ६० करोड लागत बढको थियो। 

अधिकारीका अनुसार कम भिजिविलिटीमा पनि उडान गर्न सकिने बनाउनका लागि लागत परिमार्जन गर्दा रकम थपिएको हो। हुस्सु लागिरहने भैरहवा क्षेत्रमा यो विमानस्थल निर्माणपछि ३५० भिजिविलिटीमा पनि विमान उडान र अवतरण हुन सक्छ। क्याट वानमा भिजिबिलिटी ५५० मा उडान अवतरण हुने गर्छ भने क्याट टुमा ३५० भिजिबिलिटीमा उडान र अवतरण हुने गर्छ। क्याट टुको लागि आवश्यक पूर्वाधार धावनमार्गको सबै लाइटको प्रोजेक्ट र उपकरणको स्तरीयता वृद्धि गरिएको छ।

उपकरणसहितका काम ५० करोडको लागतमा भएका छन्। त्यस्तै ९० करोडको लागतमा कार्गाे भवनको निर्माण भइरहेको छ। यो पनि अन्तिम चरणमा पुगेको छ। भैरहवा विमानस्थल निर्माणभन्दा तीन गुणा बढी खर्च जग्गाको मुआब्जा वितरणमा भएको छ। २२ अर्ब ४० करोड मुआब्जा दिएर सरकारले विमानस्थल आसपासको जग्गा लिएको छ। जसले आगामी ५० वर्षसम्मको मागलाई थेग्ने बताइएको छ। १० हजार ५ सय रोपनी जग्गा विमानस्थलको छ।

तीन हजार मिटर धावनमार्ग, चार वटा लिंक ट्याक्सी वे, जहाज पार्किङस्थल, टमिर्नल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर निर्माण भएका छन्। करिब ३० अर्ब लागत रहेको विमानस्थलमा सरकारको ३७ दशमलव ४ र एसियाली विकास बैंकको ६२ दशमलव ६ प्रतिशत लगानी रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.