सङ्खुवासभामा सभापोखरीबाट गठबन्धनले खाता खोल्यो

सङ्खुवासभामा सभापोखरीबाट गठबन्धनले खाता खोल्यो

सङ्खुवासभा : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर लिम्बु विजयी भएका छन्। एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बु विजयी भएका हुन्। 

विजेता लिम्बुले ३ हजार ७ मत ल्याएर विजयी भएका हुन्। उनका निकतम प्रतिद्धन्द्धी सुब्बाले २ हजार ३०५ मत ल्याएका छन्। सुब्बा यस अघिका गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा नेकपा(एकिकृत समाजबादी) की लक्ष्मि चापागाई २ हजार ४३९ मत ल्याएर विजयी भएकी छन्। उनका निकटम प्रतिद्धन्द्धी एमालेकी सविता बरालले २ हजार ३७६ मत ल्याइन्। 

वडा १ को वडा अध्यक्षमा एमालेका इश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी भएका छन्। उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मय ल्याएका छन्। वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी भएका छन्। कांग्रेसका डिक प्रासद सुवेदीले ४३३ मत ल्याएर पारजित भएका हुन्। 

वडा ३ मा एमालेका दिलबहादुर तामाङ्ले ५९९ मत ल्याएर विजयी भएका छन्। त्यसैगरी उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका विवेक घलेले ३२२ मत ल्याएका छन्। वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बुले ३४१ मत ल्याएर विजयी भएका हुन्। उनका टिकटतम प्रतिद्धन्द्धी एमालेका नविन राईले २११ मत ल्याएका छन्। 

वडा ५ मा कांग्रेसका मनिष लिम्बुले २३२ मत ल्यएर विजयी भए भने उनका निकटम प्रतिद्धन्द्धी नेकपा(एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याएका छन्। वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम(लिम्बु)ले ६७९ ल्याएर ल्याएर विजयी भएका छन् भने एमाले विकास पौडेल ४५४ मत ल्याएर पाराजित भएका हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.