धनौजीमा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित : अधिकृतविरुद्ध नारावाजी
जनकपुरधाम : धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ । धनुषाको धनौजी गाउँपालिका स्थित वडा नं. १ को मतगणनाको क्रममा बढी मतपत्र भेटिएपछि स्थानीयहरुको विरोधमा मतगणना स्थगित गरिएको हो।
धनौजीको वडा नं. १ लखौरीमा कूल खसेको मत संख्यामा १६८९ थियो तर बाकसबाट १७०५ मतपत्र भेटिएपछि विवाद भइ मतगणना स्थगन गरिएको हो। स्थानीयबासीले मतपेटिका परिवर्तन गरेको भन्दै विरोध गरिरहेका छन्। मतगणना स्थलमा अहिले तनावग्रस्त अवस्था रहेको छ भने मतदान अधिकृतविरुद्ध नाराजावी र प्रदर्शन भैरहेको छ।
प्रतिक्रिया दिनुहोस !