गठबन्धनका उम्मेदवारलाई हराउँदै माप्य दुधकोशी गाउँपालिका अध्यक्षमा एमालेका बुद्धिकिरण विजयी
सोलुखुम्बु : सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बुद्धिकिरण राई निर्वाचित भएका छन् । उनले कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवारलाई पछि पारेका हुन् ।
निकटतम प्रतिस्पर्धी चन्द्र खालिङलाई उछिन्दै बुद्धिकिरण दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गौरव खालिङ निर्वाचित बनेका छन् । एमाले उम्मेदवार जुनिता मगरलाई पराजित गर्दै गौरव उपाध्यक्ष चुनिएका छन् ।
७ वटा वडा रहेको माप्य दुधकोशीमा वडा नम्बर १ र ४ माओवादी केन्द्र, २, ३ र ७ एमाले, वडा नम्बर ५ र ६ मा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !