लुम्बिनीमा भारतले निर्माण गर्ने विहारको शिलान्यास, पाँच विषयमा आजै सम्झौता हुने
लुम्बिनी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले निर्माण गर्ने बिहारको शिलान्यास गरेका छन्। सोमबार विहान १० बजे लुम्बिनी आइपुगेका मोदीले मायादेवीमा पूजाआजा समेत गरे।
मोदीसँगै देउवाले पनि मायादेवीमा पूजाआजा गरेका थिए। मोदीले मन्दिर छेउमा रोपिएको बोधी वृक्षमा जलार्ण गरेका थिए।
कार्यक्रमपछि मोदी होटल पवन प्यालेसमा आराम गर्न पुगेका छन्। त्यहा पाचँ वटा दुई पक्षीय सम्झौता हुनेछ। लुम्बिनी बौद्ध विश्वविद्याालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयसँग भारतीय विभिन्न संस्थाले सहकार्य गर्नेछन्। ती सम्झौतापत्र दुई प्रधानमन्त्रीका रोहबरमा हस्तान्तरण हुनेछ।
त्यसलगत्तै देउवा र मोदीबीच वार्ता हुनेछ। त्यसपछि दुबै प्रधानमन्त्री बुद्धजयन्तीको मूल समारोहमा सहभागी हुने छन्।
प्रतिक्रिया दिनुहोस !