मायादेवीमा पूजापछि मोदीले गरे बिहारको शिलान्यास
लुम्बिनी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरेका छन् । सोमबार बिहान साँढे १० बजेतिर हेलिकोप्टरमार्फत लुम्बिनी अवतरण गरेका मोदीले मायादेवी पुगेर पूजाआजा गरेका हुन् ।
मोदीलाई हेलिप्याडमा प्रधानमन्त्री शेरबहदुर देउवाले स्वागत गरेका थिए ।
मोदीसँगै देउवाले मायादेवी मन्दीरमा पूजाआजा गरेका थिए । मोदीले मन्दिर छेउमा रोपिएको बोधि वृक्षमा जल चढाएका थिए । त्यसलगत्तै मोदीले भारतले निर्माण गर्न लागेको बिहारको शिलान्यास गरे।
यी दुई कार्यक्रममा सहभागी भएर मोदी होटल पवन प्यालेस पुगेका छन् । त्यहा पाचँवटा दुई पक्षीय सम्झौता हुनेछ । लुम्बिनी बौद्ध विश्वविद्याालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयसँग भारतीय विभिन्न संस्थाले सहकार्य गर्नेछन् ।
ती सम्झौता पत्र दुई प्रधानमन्त्रीका रोहबरमा हस्तान्तरण हुनेछ । त्यसलगत्तै देउवा र मोदीबीच वार्ता हुनेछ । त्यसपछि दुबै प्रधानमन्त्री बुद्धजयन्तीको मुल समारोहमा सहभागी हुने कार्यतालिका रहेको छ।