माथाँगढी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी
तानसेन : पाल्पाको माथाँगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका यम चिदी र विष्णुमाया लुङ्चे विजयी भएका छन्। अध्यक्ष चिदीले ५५५ मतले नेपाली कांग्रेसका सन्तोष कुमार थापालाई पराजित गरेका हुन्।
विजेता अध्यक्ष चिदीले ६१०९ मत प्राप्त गरे। उनका प्रतिद्धन्दी कांग्रेसका थापाले ५५५४ मत प्राप्त गरी उपविजेता बने।
८ वटा वडा रहेको माथाँगढी गाउँपालिकामा नेकपा एमालेले ४ वटा वडाध्यक्षसहित पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको छ भने कांग्रेसले ४ वटा वडामा विजय हासिल गरेको छ। नेकपा एमालेबाट वडा नं १ राजकुमार पन्थी, वडा नं २ बोम बहादुर ठाडा मगर, वडा नं ३ मा तेज बहादुर घर्तिमगर र वडा नं ४ मा शंकर दर्लामी थापा विजयी भए।
काग्रेसबाट वडा नं. ५ मा गणेशमान गाँहा, वडा नं. ६ बाट युव बहादुर ठाडा, वडा नं ७ बाट जंगबहादुर दर्लामी र वडा नं ८ बाट दिलबहादुर ढेंगा विजयी भए।
२०७४ सालको स्थानीयतह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ८ वटै वडामा कांग्रेस विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस !