वीरगन्ज महानगरमा राजेशमानको अग्रता ४२ सयभन्दा बढी

वीरगन्ज महानगरमा राजेशमानको अग्रता ४२ सयभन्दा बढी

वीरगन्ज  : वीरगन्ज महानगरको जारी मतगणनामा मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता फराकिलो बनाउँदै लगेका छन्। मतगणना सुरु भएदेखि नै अग्रता कायम राखेका सिंहले अहिले ४२११ मतको अग्रता लिएका छन्।

मङगलबार बिहान साढे ७ बजेसम्म १४६२० मत गणना हुँदा जसपाका उम्मेदवार सिंहले ७३२० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रचिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले भने ३१०९ मत मात्रै पाएका छन्। 

मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने २५० मत पाएका छन्। यस्तै महानगरको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम ४९३२ मतका साथ अग्रस्थानमा छन्। उनलाई लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ७८३ मतका साथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले भने ५६० मत र राप्रपाकी उपमेयर उम्मेदवार विना जयसवालले ३८९ मत पाएकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.