बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्षमा कांग्रेसका पौडेल विजयी
नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा तप्त पौडेल निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न मतगणनामा नेकपा माओवादी केन्द्रका पटटु थारुलाई ८२० मतान्तरले पराजित गर्दै पौडेल अध्यक्ष निर्वाचित भएका हुन्।
अध्यक्षका लागि कुल खसेको मत ३२९६६ मतमध्ये पौडेलले १० हजार ११२ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका थारुले ९ हजार २९२ मत प्राप्त गरे। नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत ल्याएका छन्।
उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारुले एमालेकी चमेली बाकवललाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन्। थारुले १० हजार १३४ मत र उनकी निकटतम् प्रतिद्वन्द्वी बाकवलले ९ हजार ३४१ मत प्राप्त गरिन्। माओवादी केन्द्रकी मन्जु रोकायले ८ हजार ७९३ मत ल्याएकी छन्।