पर्सामा रमेश खरेलको पार्टीले खाता खोल्यो
वीरगन्ज : पूर्वडीआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साको एक वडामा जित हात पारेको छ ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन् ।
मङगलबार बिहान १० मतगाणनाको अन्तिम नतिजाअनुसार उनी ८७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे ।
पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो ।
जारी मतगणनामा मेयर पदमा सशासन पार्टीका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन् । पहिलो स्थानमा भने एमालेका उम्मेदवार प्रधुमन चौहानले अग्रता लिइरहेका छन् ।