पाल्पाको रिब्दीकोट गाउँपालिका एमालेले गुमायो, सत्ता गठबन्धन विजयी

पाल्पाको रिब्दीकोट गाउँपालिका एमालेले गुमायो, सत्ता गठबन्धन विजयी

तानसेन : पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारी विजयी भएकी छन्।

विजेता दुबै गठबन्धन दलका उम्मेदवार हुन्। 

नेकपा माओवादी केन्द्रका कार्कीले ९७८ मत अन्तरले नेकपा एमालेका नारायण बहादुर जिसीलाई पराजित गरे। विजेता कार्कीले ५७०४ मत प्राप्त गरे भने जिसीले ४७२६ मत प्राप्त गरी उपविजेता बने।

उपाध्यक्ष विजेता अधिकारीले ५५३ मत अन्तरले एमालेकी लक्ष्मी खनाललाई पराजित गरिन्। विजेता अधिकारीले ५४७९ मत प्राप्त गरिन भने खनालले ४९२६ मत प्राप्त गरिन्।

८ वटा वडा रहेको रिब्दीकोट गाउँपालिकामा ४ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एमाले, १ वटा वडामा जनमोर्चा र १ वटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। 

नेपाली काग्रेस बाट वडा नंं. २ मा ओम प्रसाद पोखरेल, वडा नंं. ३ मा नारायण बहादुर केसी, वडा नंं ५ मा मन बहादुर अस्लामी, वडा नंं ८ चुरा बहादुर छहरी मगर विजयी भएका छन्। नेकपा एमालेबाट वडा नं. १ मा चिरञ्जिवी पोखरेल, वडा नंं ७ बाट दान बहादुर कुवँर, नेकपा माओवादी बाट वडा नंं ६ मा प्रकाश रायमाझी र जनमोर्चा नेपाल बाट वडा नंं ४ मा सोम कुमार कार्की विजयी भएका छन। 

२०७४ सालमा नेकपा एमालेले अध्यक्ष उपाध्यक्षसहित ६ वटा वडामा जित हासिल गरेकोमा अहिले अरु सबै गुमाउँदै २ वटा वडामा सीमित भएको छ।

कांग्रेसले १ वटा वडामा जित हासिल गरेकोमा अहिले उपाध्यक्षसहित ४ वटा वडामा जित हासिल गरेको छ।

नेकपा माओवादीले १ वटा वडामा जित हासिल गरेकोमा अहिले पालिका अध्यक्ष सहित १ वटा वडामा जित हासिल गरेको छ भने जनमोर्चाले समेत १ वटा वडा अध्यक्ष गठवन्धनकै कारण हात पारेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.