नवलपरासीको सरावलमा अध्यक्ष र उपाध्यक्षमा एमाले

नवलपरासीको सरावलमा अध्यक्ष र उपाध्यक्षमा एमाले

परासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेदवार विजयी भएका छन्। अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी भएका हुन्। 

अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे। चौधरीले ७ हजार ५९ ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए। त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गरिन्। 

हरिजनको ५७ सय ४३ मत छ भने रायको ५३ सय ४९ छ। पराजित राय निवर्तमान उपाध्यक्षसमेत हुन्। यसअघि गाउँपालिकामा दुबै पद कांग्रेस (अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक, पछि कांग्रेसमा समाहित) ले जितेको थियो । 

७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं. २ मा नेपाली कांग्रेसका शम्भुप्रसाद चौधरी वडाध्यक्षमा विजयी भएका छन्। वडा नं. ३ को अध्यक्षमा राप्रपाका फिरङ्गी चौधरी र वडा नं. ४ मा एमालेका सुरेश यादवले वडाध्यक्षमा विजयी भएका छन्।

वडा नं. ५ मा नेपाली कांग्रेसका लक्ष्मणप्रसाद चौधरी, वडा नं. ६ मा नेपाली कांग्रेसका छोटेलाल गुप्ता र वडा नं. ७ मा माओवादी केन्द्रका हेयात खाँ धुनिया वडाअध्यक्षमा निर्वाचित भएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.