भेरीमा दोस्रो कार्यकालका लागि एमालेका सिपी घर्ती निर्वाचित

भेरीमा दोस्रो कार्यकालका लागि एमालेका सिपी घर्ती निर्वाचित

जाजरकोट : जाजरकोटको भेरी नगरपालिकामा दोस्रो कार्यकालका लागि पुनः नेकपा एमालेका चन्द्रप्रकाश घर्ती(सिपी) नगरप्रमुखमा विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै घर्ती भेरी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका हुन्। 

मुख्य निर्वाचन अधिकृत यज्ञराज आचार्यका अनुसार घर्तीले पाँच हजार दुई सय १० मत ल्याएर विजयी भएका हुन्। उनले एक हजार २२ मतको अन्तरले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार गगनबहादुर खड्का जीवनले चार हजार एक सय ८८ मत प्राप्त गरेका छन्। 

घर्तीले २०७४ सालमा भएको निर्वाचनमा पनि नेपाली कांग्रेसलाई पराजित गर्दै विजयी भएका थिए। युवा नेता घर्ती एमालेका केन्द्रीय सदस्य पनि हुन्। उपप्रमुखमा भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिता जैसी ६ हजार चार सय ६८ मतका साथ विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सावित्रा चन्दले पाँच हजार ६ सय तीन मत प्राप्त गरेकी छन्। यसअघि प्रमुख र उपप्रमुख दुवैमा एमालेले जित हासिल गरेको थियो।

सत्ता गठबन्धनले सुरुमा एकीकृत समाजवादीलाई भेरीको नगरप्रमुख दिने निर्णय गरेको थियो। माओवादी र कांग्रेसको अडानका कारण समाजवादीलाई बाइपास गरेर कांग्रेस र माओवादी केन्द्रको सहमतिमा माओवादी केन्द्र, एमाले र समाजवादी छुट्टाछुट्टै चुनाव लडेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.