रौतहटका २ पालिका राजदेवी र दुर्गाभगवतीको मतगणना सम्पन्न : कस-कसले जीते?

रौतहटका २ पालिका राजदेवी र दुर्गाभगवतीको मतगणना सम्पन्न : कस-कसले जीते?

रौतहट : जिल्लाको दुई पालिकाको मतगणना सकिएको छ। राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी  र दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले जीतेको छ। राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयर पदका उम्मेदवार रहेका भिखारी राय यादव विजयी भएका छन्। उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३ सय ४५ मत अन्तरले पराजित गरेका छन्।

मेयर पदमा निर्वाचित भएका भिखारी यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७ सय ७ मत प्राप्त गरेका छन्। यस्तै दुर्गाभगवती गाउँपालिकामा नेकपा माओवादीका केन्द्रका उम्मेदवार शम्भु सिंह अध्यक्ष पदमा निर्वाचित भएका छन्।
 

सिंहले ४ हजार २ सय ४ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुण साहले २ हजार ९ सय ८२ मत पाएका छन्। पराजित साह यसअघिका गाउँपालिका अध्यक्ष थिए।

सदरमुकाम गौरको मतगणना सकिएको छ। परिणाम घोषणा हुन बाँकी रहेको छ। गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार शम्भु साह धेरै मतले अगाडि छन्। बैसाख ३० गते स्थगित भएको गरुडा, गढीमाई, बौधीमाई, देवही, गोनाही, फतुवा, विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाको २४ वटा मतदान केन्द्रमा बुधबार मतदान भैरहेको छ। जिल्लामा १६ नगर २ गाउँपालिका रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.