माधव नेपालको गृहपालिका गौरको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी

माधव नेपालको गृहपालिका गौरको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी

रौतहट : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहपालिका गौर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भू साह विजयी भएका छन्।

पूर्वमेयर तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्।  

साहले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३ हजार ७ सय ७ मत प्राप्त गरे।

गौरको मेयरमा जसपाबाट पूर्वउपमेयर किरण ठाकुर, नेपाली कांग्रेसबाट मोहनकुमार यादव उम्मेदवार थिए।

यसैगरी, उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साह विजयी भएकी छन्।

रौतहटमा नेकपा एकीकृति समाजवादीले हालसम्म २ नगरपालिकामा विजयी भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.