सुस्तामा कांग्रेस विजयी
परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ। यसअघि त्यहाँ एमालले दुवै पद जितेको थियो।
निर्वाचित अध्यक्ष टेकनारायण उपाध्यायले एमालेका रामप्रसाद पाण्डेलाई २ सय ७५ मत अन्तरले पराजित गरे। उपाध्यायले ६२ सय ७० ल्याउँदा पाण्डेले ५९ सय ९८ मत ल्याएका छन्।
उपाध्यक्षमा गीता चौधरीले इन्द्रकुमारी थरुनीलाई ६ सय २१ मत अन्तरले पराजित गर्दै विजयी भइन्। गिताले ६६ सय ५ ल्याउँदा इन्द्रकुमारीले ५९ सय ८४ मत ल्याएकी छन्।
५ वटा वडा रहेको पालिकामा वडा नं. १ मा नेपाली कांग्रेसका अशोककुमार चौधरी विजयी भएका छन्। वडा नं. २ मा एमालेका कृष्णलाल मुखिया र वडा नं. ३ मा एमालेका हरिलाल दुषाद वडाध्यक्षमा विजयी भएका छन्। वडा नं. ४ मा नेपाली कांग्रेसका नलीबहादुर गुरुङ र वडा नं. ५ मा नेपाली कांग्रेसका प्रभुनाथ अहिर वडाध्यक्षमा विजयी भएका छन्।