कञ्‍चनपुरको बेदकोटको मेयरमा कांग्रेसका भोजराज बोहरा निर्वाचित

कञ्‍चनपुरको बेदकोटको मेयरमा कांग्रेसका भोजराज बोहरा निर्वाचित

महेन्द्रनगर : यसपटकको निर्वाचनमा एमालेको गढ मानिने बेदकोट नगरपालिकामा नेपाली कांग्रेसले बर्चश्व जमाएको छ ।

०७४ सालमा एक मात्रै वडा जितेको कांग्रेसले यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी हाँसिल गरेको छ।  

०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर उपमेयरसहित ८ वडामा जितेको नेकपा एमाले यसपटक २ वडामा मात्रै सिमित भएको छ ।

बेदकोट नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका भोजराज बोहराले ८ हजार ७८ मत प्राप्त गरे । 

उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुसिला सिंहले ४ हजार ७४० मत प्राप्त गरिन् । 

माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बलले १ हजार ७५१ मत ल्याए । 

उपमेयरमा नेपाली कांग्रेसकी तुलशी जोशी ७ हजार २५४ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादीकी हिरा जैसीले ३ हजार ६५२ मत प्राप्त गरिन् । 

त्यसैगरी, महाकाली पारीको गाउँ भनेर चिनिने दोधारा चाँदनी नगरपालिकामा कांग्रेसले विरासत जोगाउन सकेन । २०४६ सालपछि पहिलो पटक एमालेले जीत हाँसिल गरेको छ । 

कांग्रेसको गढ मानिने दोधाराचाँदनीमा यसपटक एमालले वर्चश्व जमाएको छ । दोधाराचाँदनी नगरपालिकाको मेयरमा एमालेका किशोर लिम्बू निर्वाचित भएका छन् ।

 लिम्बूले ७ हजार १०४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दवी नेपाली कांग्रेसका गोपालदत्त भट्टले ६ हजार १७२ ल्याए भने स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले १ हजार ८५३ मत हाँसिल गरे ।

 उपमेयरमा कांग्रेसकी गंगादेवी जोशी ६ हजार ३६५ मत सहित विजयी भइन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी खीमा चन्दले ५ हजार ८२६ मत प्राप्त गरिन् ।

०७४ सालको चुनावमा कांग्रेसले मेयरसहित ५ वटा वडा जितेको थियो । यसपटक उपमेयर र एक वडाध्यक्षमा समिति भएको छ । नौ पालिका रहेको कञ्चनपुरमा भीमदत्त, शुक्लाफाँटा, कृष्णपुर र पुर्नबास नगरपालिकामा मतगणना जारी छ । 

अन्य दुई पालिकामा कांग्रेस,दुईपालिकामा एमाले र एक पालिकामा माओवादी विजयी भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.