सप्तरीको शम्भुनाथमा एकीकृत समाजवादीको जीत
![सप्तरीको शम्भुनाथमा एकीकृत समाजवादीको जीत](https://annapurnapost.prixacdn.net/media/albums/Shambhunath--Jitendra-Gupta_20220519140004_HTJdTDQUBp.jpg)
राजविराज : गत निर्वाचनमा झिनो मतअन्तरले पराजित भएका जितेन्द्रप्रसाद गुप्ता कलवार शम्भुनाथ नगरपालिकामा नगर प्रमुखमा निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादीतर्फबाट कलवारले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय शम्भुनाथले जनाएको छ।
निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत ल्याएका छन्। यसअघि २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट चुनाव लडेका कलवार ४४ मत अन्तरले पराजित भएका थिए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याई गुप्तालाई पराजित गरेका थिए। योगेन्द्र चौधरी अस्वस्थ्य रहने गरेपछि कांग्रेसले दिपेन्द्रलाई उम्मेदवार बनाएको हो।
एकीकृत समाजवादीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा ४ हजार ९९८ मत ल्याएर विजयी भएकी छन्। निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी जलपनाकुमार सरदारले ४ हजार २७१ मत ल्याइन्। कांग्रेसले उपप्रमुखमा जल्पनालाई उम्मेदवार बनाए पछि गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपप्रमुख कविताकुमारी सरदार लोसपाबाट उम्मेदवार बनेकी थिइन्। कविता १ हजार १८८ मत ल्याएर छैठो स्थानमा रहिन्।
वडा अध्यक्षमा एकीकृत समाजवादी र कांग्रेसले ५/५, जसपा र लोसपाले १/१ वडा अध्यक्षमा जीत हासिल गरेको छ।
एकीकृत समाजवादीबाट वडा नम्बर ४ मा विजयकुमार साह, ८ मा इन्द्रकान्त चौधरी, ९ मा प्रभु मलाहा, ११ मा राजकुमार साह र १२ मा संजयकुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै कांग्रेसबाट वडा नम्बर १ मा जिवछ साह, २ मा दुर्गानन्द भगत, ३ मा नविनकुमार चौधरी, ५ मा जामुनप्रसाद चौधरी र ६ मा सचेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ७ मा जसपाका गोपालप्रसाद चौधरी र वडा १० मा लोसपाका धर्मेन्द्र भनिने रामाकान्त मण्डल विजयी भएका छन्।
सप्तरीमा हालसम्म घोषित परिणाम अनुसार सप्तरीमा कांग्रेसले ३, एमालेले २, लोसपा, जनमत र नेकपा (एकीकृत समाजवादी)ले १/१ स्थानीय तहमा जीत हासिल गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)