पूर्वीनवलपरासीमा एमाले ६ र कांग्रेस दुई पालिकामा विजयी

पूर्वीनवलपरासीमा एमाले ६ र कांग्रेस दुई पालिकामा विजयी

नवलपुर : पूर्वीनवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

०७४ को स्थानीय तह निर्वाचनभन्दा अहिले दलगत रुपमा ठिक उल्टो परिणाम आएको हो । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ६ र एमालेले २ पालिकाको नेतृत्व पाएको थियो ।

अहिले कांग्रेसले जितेका पालिकामा हुप्सेकोट गाउँपालिकालाई यथावत राख्न सफल भएको हो । पहिला गुमाएको गैंडाकोट नगरपालिकालाई फिर्ता ल्याएर २ पालिकामा कांग्रेस विजयी भएको हो । 

यसअघि कांग्रेसले जितेका मध्यविन्दु र देवचुली नगरपालिकामा एमालेले जितेको छ । त्यस्तै बौदीकाली, बुलिङटार र विनयी–त्रिवेणी गाउँपालिका पनि कांग्रेसको हातबाट एमालेमा गएको छ । यसअघि जितेको कावासोती नगरपालिका एमालेले यथावत राखेको छ । 

एमालेले जितेका पालिकामा मध्यविन्दु नगरपालिकाको मेयरमा भीमलाल अधिकारी र उपमेयरमा पूर्ण कुमारी चौधरी विजयी भएका छन् ।

 कावासोती नगरपालिकाको मेयरमा विस्नु प्रसाद भुसाल र उपमेयरमा फुल कुमारी थनेत विजयी भएका छन् । देवचुली नगरपालिकाको मेयरमा हरि न्यौपाने र उपमेयरमा पार्वता तिवारी विजयी भएका छन् । उपमेयर तिवारी दोहारिएकी हुन् । 

एमालेबाट बौदीकाली गाउँपालिकाको अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा दिल कुमारी सारु विजयी भएका छन् । 

बुलिङटार गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र सुनारी मगर र उपाध्यक्षमा दिल माया राना मगर विजयी भएका छन् । विनयी–त्रिवेणी गाउँपालिकाको अध्यक्षमा घनश्याम गिरी र उपाध्यक्षमा भगवती बैदवार एमालेबाट विजयी भएका छन् । 

 नेपाली कांग्रेसले जितेका पालिकामा गैंडाकोट नगरपालिकाको मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ती कोइराला विजयी भएका छन् ।

 हुप्सेकोटको अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा पूर्णसिंह राना विजयी भएका छन् । अध्यक्ष पाण्डे दोहोरिएकी हुन् ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.