वीरगन्जमा एमालेभन्दा जसपाका उम्मेदवार करिब ९ हजार मतले अगाडि

वीरगन्जमा एमालेभन्दा जसपाका उम्मेदवार करिब ९ हजार मतले अगाडि

वीरगन्ज : वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनले एमालेसँगको अग्रता झण्डै ९ हजार पुर्‍याएको छ ।

बिहीबार अपरान्ह ४ बजेसम्म ३२७०१ मत गणना हुँदा मेयरमा गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवारभन्दा ८८८९ बढी मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले १८३९३ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्दवी एमालेका उम्मेदवार विजय कुमार सरावगीले ९५०४ मत पाएका छन् । सिंहले सरावगीसँगको मतान्तर निरन्तर बढाउँदै लगेका छन् ।

 राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ८२२  मत मात्रै पाएका छन् ।

यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले १३२७९ मतका साथ अग्रता कायम राखेका छन् ।

लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने २६९४ मत पाएका छन् । उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने १८७७ मतका साथ तेश्रो स्थानमा छिन् । 

राप्रपाकी उपमेयरकी उमेदवार विना जयसवालको भने १४४३ मत रहेको छ ।

३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात् ९४ हजार ६ सय मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.