पर्सामा जसपालाई हराउँदै एमालेका जसवन्त यादव बने सखुवाप्रसौनीको अध्यक्ष

पर्सामा जसपालाई हराउँदै एमालेका जसवन्त यादव बने सखुवाप्रसौनीको अध्यक्ष

वीरगन्ज : पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा ३२ वर्षीय युवा विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार ३२ वर्षीय जसवन्त यादव निर्वाचित भएका हुन् । 

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेर चौथो स्थानमा सिमित भएका  यादवले यसपाली भने एमालेको उम्मेदवार बनेर जसपाकै उम्मेदवार एंव निवर्तमान अध्यक्ष प्रदीप् जयसवाललाई १८३१ मतको फराकिलो अन्तरले हराउँदै सखुवाप्रसौनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

यादवले ६६४१ मत पाउँदा जसपाका जयसवालले भने ४८१० मत प्राप्त गरे।

गाउँपालिकाको उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छन् ।

नेकपा एमालेकी उम्मेदवार एवं निवर्तमान उपाध्यक्ष फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट विजयी भएकी हुन् ।

बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाइन्।

पर्सामा यसअघि जीराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ३२ वर्षीय अनोज चौधरी र कालीकामाइ गाउँपालिका अध्यक्षमा जसपाका २१ वर्षीय बशिष्ट गुप्ता निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.