डोटीमा बस दुर्घटना : १२ जना घाइते, १८ महिने बच्चा बेपत्ता

डोटीमा बस दुर्घटना : १२ जना घाइते, १८ महिने बच्चा बेपत्ता

डोटी : डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने १८ महिनाको बच्चा हराएका छन्। कैलालीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार शनिबार बिहान ५ बजेतिर भएको बस दुर्घटनामा परी बस सहचालकसहित ४ जना गम्भीर घाइते भएका छन् भने बाँकी ८ जना सामान्य घाइते भएका छन्।

घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। बसमा २० देखि २५ जनासम्म यात्रुहरू सवार थिए। १८ महिनाको बच्चा हराइरहेको र उनको खोजी कार्य भइरहेको प्रवक्ता भट्टले बताए।

बस दुर्घटना भएको ठाउँ सामान्य रहेको हुँदा बस तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। बस चालक फरार छन्। बस सडकबाट ७०/८० मिटर तल सेती नदी किनारमा खसेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.